विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा खलपात्र बन्दै

काठमाडौँ । अभिनेता विपिन कार्की बलिउड फिल्म ‘एनिमल’मा खलपात्रमा देखिने भएका छन् । नेपाली फिल्म ‘पशुपति प्रसाद’मा भस्मे डनका रुपमा चर्चा कमाएका कार्की ‘एनिमल’मा खलपात्रको भूमिकामा देखिने भएका हुन् ।

उनले बलिउडका सफल कलाकार रणवीर कपुर, अनिल कपुरका साथमा नायिका रश्मीका मन्दन्नासँग स्क्रिन शेयर गर्नेछन् । विपिनले धेरै स्क्रिन शेयर चाहिँ खलपात्र अनिल कपुरसँग गर्नेछन् ।

यो फिल्ममा सन् १८७० का चर्चित भारतीय पहलमानका भाइको भूमिकामा विपिनले निर्वाह गर्ने भएका छन् । फिल्मको तेस्रो चरणको छायांकनबाट विपिन फिल्ममा मिसिने छन् । ‘एनिमल’का लागि उनले पाँच दिन मुम्बइमा बिताउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *