नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त
२०७९ जेठ २३ गते

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पौडेलले निगमको हित विपरीतमा काम गरे भन्दै बर्खास्तका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि मन्त्रालयले महाप्रबन्धक पौडेललाई यसअघि स्पष्टीकरण सोधेको थियो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई ४ वर्षका लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








