२ दिन सार्वजनिक विदा दिने निर्णय खारेज, अब शनिवार मात्रै विदा

काठमाडौँ । सरकार आइतवार सार्वजनिक विदा दिने निर्णयबाट पछि हटेकाे छ ।

पेट्राेलकाे खपत कम गर्न भन्दै कार्यान्वयनमा ल्याइएकाे आइतवारकाे सार्वजनिक विदा कटाैती भएकाे हाे ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको हाे ।

सरकारले वैशाख २६ गते जेठ १ बाट शनिवारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यसअघि २ दिन सार्वजनिक विदा प्रभावकारी नभएकाे भन्दै सरकारकाे आलाेचना हुँदै आएकाे थियाे ।

नयाँ निर्णय असार १ देखि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया

One thought on “२ दिन सार्वजनिक विदा दिने निर्णय खारेज, अब शनिवार मात्रै विदा

  1. दुरदृष्टी निर्णय गर्न नसक्नुको प्रतिफल हो । यस बाट अन्य निर्णयमा गृहकार्य गरेर मात्र निर्णय गर्दा राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =