हप्तामा २ दिन विदा दिने सरकारकाे निर्णयविरुद्ध सर्वाेच्चमा रिट
२०७९ जेठ २३ गते

काठमाडौँ । सरकारले गरेकाे हप्तामा २ दिन विदा दिने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ ।
सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै अदालतमा रिट परेकाे हाे । मन्त्रिपरिषदले आवश्यक विचार विमर्श नै नगरी हप्तामा दुई दिन सार्वजनिक विदा दिएको भन्दै अधिवक्ता रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले रिट दायर गरेका हुन् ।
रिटमा आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न माग गरिएकाे छ ।
मन्त्रिपरिषद्ले वैशाख २६ गते जेठ १ देखि सरकारी कार्यालयमा २ दिने सार्वजनिक विदा दिने निर्णय गरेकाे थियाे ।
२०७९ जेठ २३ गते
प्रतिक्रिया
सम्बन्धित








