पत्रकार महासंघले भन्याे- पत्रकारलाई धम्क्याउने गुरागाईंलाई माैजुदा कानूनअनुसार कारबाही गरियाेस्

काठमाडाैँ । नेपाल पत्रकार महासंघले कञ्चन न्याैपानेलगायतका पत्रकाहरूलाई धम्क्याएकाे भन्दै ‘नेपालआज’ अनलाईनका सञ्चालक माधवप्रसाद गुरागाईंलाई कारबाहीकाे माग गरेकाे छ । महासंघका महासचिव राेशन पुरीले विज्ञप्ति जारी गर्दै गुरागाईंलाई माैजुदा कानूअनुसार कारबाहीकाे माग गरेका हुन् । ‘न्यायको पक्षमा उभिँदा पत्रकारलाई दिइएको दबाब र धम्कीको यस्ता घटना आपत्तिजनक र प्रेसविरोधी काम हुनुका साथै अदातलको अपहेलना पनि हो,’ विज्ञप्तिमा भनिएकाे छ, ‘अदालतमा विचाराधीन मुद्दालाईसमेत प्रभावित बनाउने गरी धम्की दिएको यो घटनाले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने काम भएको महासंघको ठहर छ । महासंघको आचारसंहिता तथा अनुगमन विभागले पनि यसअघि दुई पटक सचेत गराइसकेको निज गुरागाईंलाई मौजुदा कानूनअनुसार कारबाही गर्न र पत्रकारको सुरक्षा प्रवन्ध मिलाउन महासंघ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

गुरागाईंले अन्य पत्रकाहरूलाई दिएकाे धम्कीका सन्दर्भमा पनि महासंघमा उजुरी परेकाे विज्ञप्तिमा उल्लेख छ । उनले पुष्प ढुङ्गाना, ध्रुव रिजाललगायत पत्रकारहरूलाई पनि धम्क्याएकाे महासंघले जनाएकाे छ । यस्तै पत्रकार शिल्पा कर्णलाई समेत गुरागाईंले पीडितलाई न्याय दिलाउन साक्षी बसेकाेमा अन्य व्यक्तिहरूमार्फत् धम्की दिएकाे विज्ञप्तिमा उल्लेख छ ।

यसअघि पत्रकार कञ्चन न्याैपानेले आफू नेपालआजलगायतका सञ्चारमाध्यममा कार्यरत रहँदा गुरागाईंबाट दुर्व्यवहारमा परेकाे खुलाएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =