अनुप बराल निर्देशित चलचित्र ‘दोख’को टिजर बाहिरियो

काठमाडौँ । आउँदो असार २४ गते प्रदर्शन हुने निश्चित भएको नेपाली चलचित्र दोखको टिजर सार्वजनिक भएको छ ।

अनुप बरालको निर्देशनमा बनेको फिल्म ‘दोख’को टिजर टिजर आइतबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो । एक बालक र एक वृद्धलाई केन्द्रमा राखेर बनाइएको टिजरले जनयुद्धपछिको समयको झल्को दिन्छ ।

रंगकर्मी, कलाकार तथा निर्देशक अनुप बरालद्वारा निर्देशित फिल्म ‘दोख’ मा दिया मास्के, मनिष निरौला, लोकमनी सापकोटा, माओत्से गुरुङ, रोय दिभ, सुरज मल्ललगायतका कलाकारको अभिनय रहेको छ । राजन कठायतको कथा, श्रवण मुकारुङका गीत, आभासको संगीत र पुष्पा संगमको पार्श्वध्वनी रहेको फिल्मको सम्पादन निमेश श्रेष्ठले गरेका हुन् ।

फिल्म ‘एसजिटी प्रोडक्सन्स’, ‘ग्रिन हिल्स इन्टरटेनमेन्ट’, ‘हाइलाइट्स नेपाल’ र ‘एक्टर्स स्टुडियो’को संयुक्त ब्यानरमा निर्मित फिल्मलाई सविन ज्ञवाली र मनोज अधिकारीले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *