भरतपुरमा कटुवा पेस्तोल सहित एकजना पक्राउ

चितवन । चितवनको भरतपुर महानगरपालिका- ५ श्रृष्टि चोकबाट १ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले आज सोमबार सोही महानगरपालिका-६ बस्ने ४० वर्षीय दिपक पुनलाई रंगेहात पक्राउ गरेको हो । आज बिहान ना ४५ प २७१ नं को मोटरसाइकललाई  जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पुनलाई उक्त पेस्तोलसहित फेला पारिएको प्रहरीले बताएको छ ।

उनीसँग पेस्तोल कहाँबाट कुन प्रयोजनमा आयो भन्ने सम्बन्धमा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *