नेकपा एसले मन्त्री हेरफेर गरेपछि भीम रावलको टिप्पणी- ‘नेता निर्वस्त्र मैदानमा देखिनु घातक’

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले पदीय स्वार्थका लागि राजनीति गर्नु लोकतन्त्रको लागि घातक भएको टिप्पणी गरेका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने विषयलाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।
पदको लागि विपरित सिद्धान्तका दलसँग गठबन्धन गर्नु लोकतन्त्रका लागि घातक भएको उनेको भनाई छ । ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसँग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निर्वस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो,’ उनले अगाडि भनेका छन्, ‘देश र जनताको नि:स्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनुपर्छ ।’
अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ।
— Bhim Rawal, PhD (@BhimRawal179) June 6, 2022
एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको छ ।








