सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम : अधिकांश पूरानै कार्यक्रम (पूर्णपाठ)

धनगढ । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभाको १० आं बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा अधिकांश पूरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । हाल सञ्चालनमा रहेका प्रदेश गौरवका आयोजना र अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै आर्थिक विकास र गरिवी निवारणमा योगदान पुगाउन उद्यम विकास, रोजगार र स्वरोजगार कार्यक्रम, औद्योगिक जनशक्ति उत्पादन र क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, लगानीमैत्री वातावरण सृजना गर्ने, प्रदेशमा प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने, एक सय ५० विद्यालयमा सूचना तथा प्रविधि विस्तार गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश छन् ।

मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, मेरो स्वास्थ्य मेरो जिम्मेवारी, हाम्रो प्रदेश स्वस्थ प्रदेश, जनताको स्वास्थ्यको ख्याल सुविधासम्पन्न अस्पताल, स्वास्थ्यका लागि खेलकुद सबैका लागि खेलकुद, प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम, एक स्थानीय तह एक औद्योगिक कार्यक्रम, एक जिल्ला एक विशिष्ट उद्योग, ‘पाहुनाको सत्कार, सुदूरपश्चिमको संस्कार’ लगायतका कार्यक्रम पनि परेका छन् ।

प्रदेश सरकारले यसवर्ष ढिलोगरि नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट कार्यक्रम ल्याउनुपर्ने र त्यसको १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *