प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबिच भेटवार्ता
२०७९ जेठ २२ गते

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबिच भेटवार्ता भएकाे छ ।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हाे । अपरान्ह भएको भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
यसैगरि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबिच नागरिकतालगायत विचाराधीन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








