सन्दर्भ : विश्व वातावरण दिवस
ओलीकाे ब्रिफिङ्ग- मानवजातिकाे भविष्य सुरक्षित बनाउन माटाे जीवित राख्नुपर्छ (भिडिओसहित)
२०७९ जेठ २२ गते

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मानव जातिकाे भविष्य सुरक्षित बनाउन माटाे/पृथ्वीलाई जीवित राख्नुपर्ने बताएका छन् । विश्व वातावरण दिवसकाे अवसरमा अखिल नेपाल महिला संघले काठमाडाैँमा आयाेजना गरेकाे ‘वर्तमान परिस्थितिमा विश्व वातावरण, जीव, जगतको अस्तित्वमाथि चुनौती र हाम्रो दायित्व’ विषयक छलफल तथा जागरण अभियानलाई सम्बाेधन गर्दै ओलीले यस्ताे बताएका हुन् । ‘जसरी एउटी अजीवित आमाले बच्चा जन्माउन पाउन सक्दैन,’ ओलीले भने, ‘त्यसैगरी मरेकाे माटाेले, मरेकाे पृथ्वीले पनि विरुवा दिन सक्दैन । त्यसैले हाम्राे मानवजातिकाे भविष्यलाई सुरक्षित बनाउन माटाे/पृथ्वीलाई सुरक्षित राख्नुपर्छ ।’
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








