एकीकृत समाजवादीले आफ्ना सबै मन्त्री फिर्ता बाेलाउने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका आफ्ना सबै मन्त्रीहरूलाई फिर्ता बाेलाउने भएकाे छ ।

नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि भोलि मन्त्रीहरूलाई फिर्ता बाेलाउने तयारी भएकाे छ ।

पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *