शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने व्यक्ति र संस्थासँग सम्झाैता गर्दै कामपा

काठमाडाैँ । सार्वजनिक रूपमा शौचालयकाे प्रयोग गर्न दिन इच्छुक व्यक्ति तथा निकायहरूसँग काठमाडाैँ महानगरले सम्झाैता गर्ने भएकाे छ ।

महानगरले एक सूचना जारी गर्दै त्यस्ता संघसंस्था वा निकायलाई ७ दिनभित्र महानगरपालिकामा सम्पर्क राख्न भनिएकाे हाे ।

सूचनामा होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्थाको शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुकहरूलाई बबरमहलस्थित सार्वजनिक निजी साझेदारी इकाइ वा महानगरपालिकाको प्रशासन विभागमा सम्पर्क राख्न भनिएको छ ।

काठमाडौँ महानगरभित्रका निजी शौचालयलाई पनि सार्वजनिक शौचालयको रूपमा प्रयोग गर्ने महानगरकाे निर्णयअनुसार यस्ताे सूचना जारी भएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 11 =