प्रधानमन्त्रीकाे प्रतिबद्धता- सुदूरपश्चिमकाे विकासले फड्काे मार्नेछ (भिडिओसहित)
२०७९ जेठ २२ गते

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालसम्म सुदूरपश्चिममा चाहेजत्ति विकास नभएकाे स्वीकारेका छन् । आइतबार काठमाडाैँमा आयाेजित सुदूरपश्चिममाञ्चल सराेकार मञ्चकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘सुदूरपश्चिममा चाहेजत्ति विकास हुन सकेकाे छैन अहिलेसम्म,’ उनले भने, ‘तर अब भने हुनेछ । यसका लागि संघीय सरकारले के गर्नुपर्ने हाे, त्यसमा संघीय सरकार दृढ छ ।’
उनले अब भने सुदूरपश्चिमकाे विकास फड्काे मार्ने बताए । ‘संघीय सरकार सुदूरपश्चिमकाे विकासका लागि प्रतिबद्ध छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसमा हामी अब काम गर्नेछाैँ ।’
यस्तै उनले सुदूरपश्चिम देशकाे छुट्टै पहिचान र परिचय भएकाे प्रदेश भएकाे बताए । यसलाई उपेक्षा गर्न नमिल्ने प्रधानमन्त्री देउवाकाे भनाइ थियाे ।
२०७९ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








