मानव अधिकार तथा शान्ति समाजले मनायो विश्व वातावरण दिवस

काठमाडाैँ । विश्व वातावरण दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले ‘मेरो फोहोर मेरो जिम्मेवारी’ नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

जोरपाटीको नयाँ बस्तीमा अवस्थित नयाँ बस्ती युवा क्लबको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विभिन्न १६ वटा स्थानीय विद्यालयका शिक्षक, विद्यार्थी तथा प्रकृति प्रेमी अभियन्तासहित ५०० भन्दा बढीको सहभागिता रहेको मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाका कार्यवाहक अध्यक्ष भगवान् पुडासैनीले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले ‘शान्ति समाजले वातावरण बचाउमा पुर्‍याएको योगदान अतुलनीय रहेको र मेरो फोहोर मेरो जिम्मेवारी अभियानलाई नगरको आदर्शको रूपमा स्थापित गराउने’ बताएका छन् ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि,सामाजिक अभियन्ता तथा शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाजका पदाधिकारी सहित स्थानीयको सहभागिता रहेको थियो । आजै विश्व वातावरण दिवसको अवसर पारेर गोठाटारमा अवस्थित ‘असहाय गाई बाछा संरक्षण अभियान स्थल’ मा वृक्षारोपण समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 13 =