माओवादी केन्द्रको पूर्व स्थायी समितिको बैठक खुमलटारमा जारी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समिति सदस्यहरूको बैठक खुमलटारमा जारी छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल भइरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालकाअनुसार पूर्व स्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।

बैठकमा सरकारले ल्याएको बजेटको पनि समीक्षा हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =