वार्डेनले दुर्व्यवहार गरेको भन्दै जोरपाटीस्थित सर्वनाम शिक्षालय अभिभावकद्वारा घेराउ

काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेनले होस्टेलमा बस्ने बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै अभिभावकहरूले विद्यालय घेराउ गरेका छन् ।

सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतले होस्टेलमा बस्ने बालिकाहरूमाथि अश्लील हर्कत गरेको भन्दै आज अभिभावकहरूले विद्यालय घेरेका छन् । होस्टेलमा बस्ने विद्यार्थीहरूले वार्डेन बस्नेतले साना बालिकाहरूको विभिन्न अंग सुम्सुम्याउने, अलि ठूलालाई काखमा राख्ने र विभिन्न अश्लील भिडिओ एवं फोटोहरू देखाउने गरेको आरोप लगाएका छन् ।

विद्यार्थीहरूले वार्डेनले गर्दै आएका हर्कतहरू आफ्ना अभिभावकलाई भनेपछि आज शनिबार अभिभावकहरू विद्यालय पुगेका हुन् । प्रहरीसँगै लिएर अभिभावकहरू आएको थाहा पाएपछि वार्डेन बस्नेत फरार भएका छन् । अहिले अभिभावक र विद्यालय प्रशासनको बौद्धस्थित प्रहरी वृतमा वार्ता चलिरहेको छ ।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार पीडित भनिएका छात्राहरू ९ देखि १२ वर्ष उमेर समूहका रहेका छन् । हाल प्रहरीले विद्यालयका सञ्चालक एवं प्राधानाध्यापक दुर्गानाथ शिवाकोटी र उनकी श्रीमतीलाई वृतमा लगी सोधपुछ गरिरहेको छ ।

फरार वार्डेन बस्नेतको खोजी भइरहेको बौद्ध प्रहरीले जनाएको छ । अश्लील हर्कत गर्ने बस्नेत आर.आर. क्याम्पस, नेवि संघका उपाध्यक्षसमेत रहेका छन् ।

तस्वीरहरूः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *