रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, सरकारले दियो सार्वजनिक बिदा

काठमाडाैँ । सरकारले आज सार्वजनिक बिदा दिएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम हुने जानकारी दिए ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावलाखेल पुगेको छ । पुगेको चौथो दिनको अवसरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =