खेतीकाे समयमा मल नपाएकाे भन्दै किसानकाे प्रदर्शन

काठमाडाैँ । खेतीपातीका बेला मलको अभाव भएको भन्दै किसानहरूले विराेध प्रदर्शन गरेका छन् ।

रासायनिक मलको व्यवस्था तुरुन्त गर्नुपर्ने भन्दै किसानहरूले कृषिमा प्रयोग हुने सामाग्री र धानको बिउसहित प्रदर्शन गरेका हुन् ।

रासायनिक मल तुरुनत उपलव्ध गराउन सरकारलाई दवाव दिन भन्दै नेपाल क्रान्तिकारी किसान संघको अगुवाइमा काठमाडौंमा शान्तिबाटीकामा प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरूले किसानले मल कहिले पाउने, नेपालमै मल कारखाना स्थापना गर, रासायनिक मलको व्यवस्था गर, मूल्यवृद्धि फिर्ता गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले मलको अभावमा खेतीपातीमा समस्या भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताए ।

उनीहरूले असार आउन लाग्दा पनि सहज रूपमा मल पाउन नसकेको गुनासो गरेका छन् ।

त्यस्तै उनीहरूले बिउबिजनको व्यवस्था गर्न पनि सरकारसँग माग राखेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *