पंकज त्रिपाठी अभिनित ‘शेरदिलः द फिलिभिट सागा’को ट्रेलर बाहिरियो

काठमाडौँ । भारतीय अभिनेता पंकज त्रिपाठी अभिनित फिल्म ‘शेरदिलः द फिलिभिट सागा’को ट्रेलर आज शुक्रबार सार्वजनिक भएको छ ।

त्रिपाठीको मुख्य भूमिका रहेको ‘शेरदिल’मा मानिस र जनावरबीचको द्वन्द्वको मारमा परेको भारतको उत्तर प्रदेशस्थित एक गाउँको कथा समेटिएको छ । फिल्मले नेपाल-भारत सिमानामा रहेको फिदिबिट बाघ आरक्षण केन्द्र नजिकैको एक गाउँको कथा बोकेको फिल्मलाई सिर्जित मुखर्जीले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा त्रिपाठीसँगै निरज कवि र सयानी गुप्ताको पनि अभिनय देख्न सकिन्छ। फिल्मलाई भुषणकुमार र रिलाइन्स इन्टरटेनमेन्टले निर्माण गरेका हुन् ।

हेर्नुहोस् ट्रेलरः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *