जंगली दुनियाँको ‘आर्किटेक्ट इन्जिनियर’ अर्थात् तोप चरा (तस्वीर)

काठमाडाैँ । चराहरूको इन्जिनियर भनेर चिनिने तोप चरा भँगेरा वर्गमा पर्ने चरा हो । धादिङतिर ‘तोलायुँ भनेर चिनिने तोपचरालाई कतै ‘सुजेरो’ त कतै ‘बकेचो’ पनि भन्ने चलन छ ।

यसलाई पूर्वी तराइतिर ‘चोंची’पनि भन्दछन । समूहमा बस्न रुचाउने तोपचराले प्रायः आफ्नो गुँड अग्ला रूख वा बासमा बनाउने गर्दछन ।

शाकाहारी वर्गमा पर्ने तोप चराको मुख्य आहार धान र साना खाले गेडागुडी हो । अन्नबाली र पोखरीको छेउछाउमा बस्न रुचाउने तोपचराले कीरा फट्याङ्ग्रा भने खाँदैनन् ।

यी चरामा भालेहरूको टाउको र घाँटी वरिपरि पहेंलो र चिल्लो हुन्छ भने पोथीहरू सादा र फुस्रा हुन्छन् ।

रुखमा झुन्डिएका गुँडहरू तोपचराको भालेले बनाउने गर्दछन् । उनीहरूले पोथीलाई लोभ्याउन सकेजति राम्रा गुँड बनाउँछन् । प्रजननको समयमा तोपचराको भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन् । पोथी आफूलाई मन परेको गुँड छानेर बस्छन्, त्यही गुँडमा फूल पार्छन् । पोथीले गुँड मन नपराए भालेले पुनः नयाँ गुँड बनाउँछ र पोथी फकाउने प्रयास गर्छ ।

तस्वीरः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *