इन्धनको मूल्य घटेसँगै घट्यो गाडी भाडा (कुन रुटमा कति ?)

काठमाडौँ । सरकारले पेट्रोलियम इन्धनमा १० रुपैयाँ मूल्य घटाएसँगै गाडी भाडासमेत घटाएको छ । बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । लामो रुटमा चल्ने अन्तरप्रदेश यातायातका साधनको भाडा दर घटाएको हो ।

सरकारले समायोजित नयाँ भाडा दर शुक्रबारदेखि लागू गर्ने भएको छ । शुक्रबार बिहान एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लामो दूरीका यातायातमा २ देखि ३ प्रतिशतसम्म भाडा घटाएको हो ।

विभागले जारी गरेको सूचना अनुसार मालबाहक गाडीको भाडा समेत घटाइएको छ । विभागका अनुसार पहाडी क्षेत्रमा सञ्चालित हुने मालबाहक सवारीसाधनको भाडा २.६ प्रतिशतले घटाएर समायोजना गरिएको छ । त्यस्तै, तराइ क्षेत्रमा चल्ने मालवाहक गाडीको भाडा २.९ प्रतिशतले घटेको छ ।

पेट्रोलियमको मूल्यमा ५ वा ५ प्रतिशतभन्दा बढीले घटबढ हुँदा गाडी भाडा स्वतः थपघट हुने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर हटाएपछि १०/१० रुपैयाँका दरले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

कहाँकाे भाडादर कति ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *