गगनकाे प्रस्ताव- देशलाई डिजेल, पेट्राेल र एलपी ग्यासमुक्त बनाउँ
२०७९ जेठ २० गते

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले देशलाई डिजेल, पेट्राेल र एलपी ग्यासमुक्त बनाउन प्रस्ताव गरेका छन् । शुक्रबार संसद्मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘अब यी सबैकाे समाधान भनेकाे यी कुराहरूमुक्त देश हुनुपर्छ अथवा अब देशलाई नै डिजेल, पेट्राेल र एलपी ग्याँसमुक्त बनाउँ । हामीले पेट्राेलमा घटाएर के गर्नु, कुनै न कुनैमा बढाउन परिहाल्छ । त्याे हुँदा याे यहीसँग ठाेकिन्छ । त्याे भएर अब यी सबैकाे समाधान भनेकाे मुक्त देश बनाउने हाे ।’
यसका लागि सरकारले महत्त्वकांक्षी याेजनाअनुरूप अगाडि बढ्नुपर्ने बताएका छन् । उनले अहिले भने कुनै न कुनै हिसाबबाट जनतालाई सुविधा दिनुपर्ने बताएका छन् ।
२०७९ जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित








