भरतपुर मेयर दाहाल र इजरायली राजदूत गोदारबीच भेटवार्ता

काठमाडौँ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबीच भेटवार्ता भएको छ ।

महानगरपालिकामा आज दुई देशबीचको सहकार्यबारे भेटवार्ता तथा छलफल भएको हो । भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताएकी छन् । भेटका क्रममा प्रमुख दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रूपमा विकास गर्न दुई देशबीच सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरिन् ।

कृषिमा अब्बल मानिने चितवन पोल्ट्री, दूध, केरा, मह र मासुमा आत्मनिर्भर छ भने यस जिल्लालाई पोल्ट्रीको राजधानी भनेर समेत जान्ने गरिएको छ। भरतपुर महानगरलाई कृषिको केन्द्रका रूपमा विकास गर्न विषेश कार्यक्रम ल्याइएको छ । चितवन कृषि उत्पादन तथा बजारका दृष्टिले महत्त्वपूर्ण ठाउँ भएकाले भगिनी सम्बन्ध कायम गर्न चाहेको मेयर दाहालले बताइन् । भरतपुर सुन्दर, सफा, हराभरा सहरका रूपमा विकास गर्न र कृषिमा रोजगारी सिर्जना गर्न दुई देशबीच सहकार्य अपरिहार्य रहेको दाहालको भनाइ छ ।

इजरायली राजदूत हानन गोदारले भरतपुरको कृषि क्षेत्रको विकासका लागि आफू सकारात्मक रहेको बताए । उनले इजरायबाट धेरै नेपालीले कृषि ज्ञान लिएर नेपालमा कृषि क्षेत्रमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरे । इजरायल छोटो समयमा कृषिमा आधुनिकीकरण गरी धेरैभन्दा धेरै रोजगारी प्रदान गर्ने देशका रूपमा परिचित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *