कैलालीमा माओवादीले गठबन्धन छोड्यो, जिसस गठनमा नागरिक उन्मुक्ति र एमालेसँग तालमेल

धनगढी । कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा जिल्ला समन्वय समिति गर्ने तयारी भएको छ । जिल्लामा सबैभन्दा बढी पदभार भएको कांग्रेस बिना समन्वय समिति गठन गर्ने तयारी भएको हो ।

नागरिक उन्मुक्तिको नेतृत्वमा माओवादी केन्द्र र नेकपा एमाले तालमेल गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा काँग्रेस र नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादी केन्द्रले जिल्ला समन्वय समितिको निर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीसंग तालमेल गर्ने भएको हो ।

त्यसका लागि लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताए। उनका अनुसार ३० गते हुने जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको छ छ ।

१३ स्थानीय तह रहेको कैलालीमा जिससको निर्वाचनका लागि २६ मतभार छ । जितका लागि १४ मतभार आवश्यक पर्छ । बिहीबार नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरूको मतभार १६ पुग्ने भएको छ ।

कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको मत ७, एमालेको ५ र माओवादीको ४ मत छ । ८ मत भएको कांग्रेस यस पटक पनि जिल्ला समन्वयमा सहभागी नहुने देखिएको छ । यसअघि एमालेको नेतृत्वमा समन्वय समिति थियो । जिल्लामा स्वतन्त्र एक र एकीकृत समाजवादीको एक मत छ ।

बिहीबार भएको बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डित, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि ज्ञवाली तथा एमाले उपाध्यक्ष दुर्गा जोशीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *