टर्कीको नाम फेरियो, अब टर्किए

काठमाडौँ । संयुक्त राष्ट्र संघले टर्कीको नाम परिवर्तन गर्ने अनुरोध स्वीकार गरेको छ । राष्ट्रसंघले बुधबार टर्कीको नाम टर्कीबाट बदलेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकृत गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले पत्रकारहरूलाई टर्कीको नाम परिवर्तन गरिएको जानकारी दिए । टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय भएको प्रवक्ताले उल्लेख गरेका छन् ।

विदेशमन्त्री काभुसोग्लुले अन्तरराष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताए । टर्कीका राष्ट्रपति रेचप तैयप एर्दोआनले गएको डिसेम्बरमा आफ्ना देशका नागरिकलाई अन्तर्राष्ट्रियस्तरमा हरेक भाषामा टर्किए नाम प्रयोग गर्न भनेका थिए ।

उनले टर्कीएले टर्कीका नागरिकको संस्कृति, सभ्यता र मान्यतालाई राम्रोसँग प्रतिनिधित्व गर्ने बताएका थिए । टर्की भनेको कुखुराको प्रजाति हुने र अङ्ग्रेजी शब्दकोशअनुसार टर्कीको अर्थ मूर्ख वा पराजित हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =