यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

सोही मौसमी प्रणालीका कारण आज बिहान प्रदेश-१ का केही स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश-१ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएकाे छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का केही स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 20 =