थप १४ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय १३ पिसिआर परिक्षणका क्रममा ११ जना र १ हजार १ सय ८२ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १० जना निको भएका छन् ।

हाल नेपालमा १ सय १ सक्रिय संक्रमित आइसाेलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =