संसद्मा बाँस्काेटाकाे व्यङ्ग्य- अहिलेकाे बजेटकाे विश्लेषण नासाले पनि गर्न सक्दैन (भिडिओसहित)
२०७९ जेठ १९ गते

काठमाडाैँ । नेकपा एमालेका सांसद गाेकुलप्रसाद बाँस्काेटाले आव २०७९/८० काे बजेटले ‘हवाई कल्पना’बाहेक केही नगरेकाे बताएका छन् । बिहीबार संसद्मा भएकाे बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘हाम्राे अर्थमन्त्रालयले हवाई कल्पना गरेकाे छ । मैले सुनेकाे थिएँ कि कम्युनिष्टहरू कल्पनाबाट विज्ञानतिर हिँड्छन् भनेर; के अहिले यही भएकाे हाे ?,’ बाँस्काेटाले प्रश्न गरे ।
त्यसअघि उनले भने, ‘ याे बजेटकाे आकारकाे वृद्धिकाे विश्लेषण अध्ययन अनुसन्धानमा पाेख्त नासा र रस्काेमसले समेत गर्न सक्दैनन् हाेला । हाम्राे वस्तुगत आवश्यकता के त ? हाम्राे मूल समस्या के हाे र त्यसकाे निराकरण के हाे ? यसतर्फ बजेट पसेकाे छैन । त्यसैले यसले हवाई कल्पना मात्रै गरेकाे छ ।’
२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








