तामाकोसी किनारमा सडिसकेको अवस्थामा पुरुषको शव फेला

काठमाडौँ । दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ ।

दोलखाको तामाकोसी गाउँपालिका–५ किर्नेटारस्थित तामाकोसी नदी किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए । तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगी प्रारमभिक अनुसन्धानपछि उक्त शव चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले बताए ।

फेला परेको शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । पूरै सडिसकेको अवस्थामा शव फेला परेका कारण पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले कोही व्यक्ति हराएको भए प्रहरीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *