राजा वीरेन्द्रको हत्या भएको २१ वर्ष पूरा, स्मरणमा कार्यक्रम गरिँदै

काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको २१ वर्ष पूरा भएको छ ।

१९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दीपेन्द्र र नीराजन तथा युवराज्ञी श्रुति शाह लगायतको ज्यान गएको थियो ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रूपमा लिइएको यस हत्याकाण्डबारे सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, तत्कालीन सभामुख तारानाथ रानाभाटसहितको छानबिन समिति बनाइएको थियो ।

उक्त समितिले युवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि गोली चलाएको र आफूले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । यसैबिच स्वर्गीय राजा वीरेन्द्रको शालिकमा मल्यापर्ण तथा श्रद्धाञ्जलि व्यक्त गरी उनलाई स्मरण गरिएको छ ।

स्व. राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्‍याएको योगदानलाई कदर गर्दै स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठान, योगी नरहरिनाथ ट्रस्ट लगायतले ललितपुरको जावलाखेलस्थित शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =