सांसद श्रेष्ठले भने- याे बजेट ‘ह्याप्पी बजेट’ हाे
२०७९ जेठ १९ गते

काठमाडाैँ । एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले यसपटककाे बजेटले सबै क्षेत्रलाई समेटेकाे बताएका छन् । बिहीबार संसद्मा भएकाे बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद श्रेष्ठले यस्ताे बताएका हुन् । ‘याे बजेटले सबै क्षेत्रलाई समेटेकाे छ । यसका लागि म अर्थमन्त्रीजीलाई धन्यवाद दिन्छु ।’
उनले कार्यान्वयनकाे पाटाेमा भने ध्यान दिनुपर्ने बताए । ‘बजेट राम्राे छ । तर यसकाे कार्यान्वयनमा भने चुनाैती छ । यसतर्फ मात्रै ध्यान दिइयाे भने सबै ठिक हुन्छ,’ उनले भने ।
२०७९ जेठ १९ गते
प्रतिक्रिया
सम्बन्धित








