सांसद पाेखरेल भन्छन्- स्वास्थ्य बीमा कम्पनीलाई दिने कुनै काेणबाट हेर्दापनि बुझिनँ

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पाेखरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई निजीकरण गर्न नहुनेतर्फ सरकारकाे ध्यानाकर्षण गराएका छन् । बिहीबार संसद्‌मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘मैले स्वास्थ्य बीमालाई निजीलाई दिने भन्नेबारे मैले बुझ्न सकेकाे छैन,’ उनले भने, ‘मैले कुनै काेणबाट याे बुझ्न सकेकाे छैन । यसले लामाे छलफलमाे माग गर्दछ । म सरकारलाई यसमा ध्यान दिन आग्रह गर्छु । यसकाे पुनरावलाेकन गर्नुपर्छ ।’

अन्य कुराहरूमा समग्रमा बजेट राम्रै भएकाे उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =