वीरेन्द्रको सालिक राख्न खोज्दा नेपालगञ्जमा तनाव

काठमाडौँ । बाँकेको नेपालगञ्जस्थित धम्बोजीचोक तनावग्रस्त भएको छ । स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको हो ।

बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजा समर्थिक नागरिकबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाईफायर समेत गरेको थियो ।

प्रशासनले सालिक राख्न नदिएपछि स्थानीयले विरोध गरेका थिए । विरोध प्रदर्शन उग्र हुन थालेपछि प्रहरीले हवाईफायर गरेको थियो । प्रहरीसँगको झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *