धनगढी उपमहानगरको कार्यपालिकामा कांग्रेसको एकल बहुमत

धनगढी । कैलाली कैलालीको धनगढी उपमहानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । १९ मध्ये सबैभन्दा धेरै ११ वटा वडा जितेर ठूलो दल बनेको नेपाली कांग्रेसका ८ जना प्रतिनिधि निर्विरोध निर्वाचित भएपछि कार्यपालिकाले पूर्णता पाएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयकाअनुसार महिला सदस्यतर्फ निशाकुमारी आउजी, मायाकुमारी भण्डारी, यशोदा भण्डारी, विन्दु तामाङ र सुष्मा चौधरी तथा दलित वा अल्पसङ्ख्यकतर्फ अनिल कुमार, चक्रबहादुर नेपाली र महादेव सुनार निर्विरोध निर्वाचित भएका हुन् ।

धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धन गरेर चुनाव लडेपनि नेपाली कांग्रेसले कार्यपालिकामा भने एकल बहुमत पुगेपछि अरू दलको साथ नलिएको हो । धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *