काठमाडाैँका मेयर बालेन र प्रधानमन्त्री देउवाबिच भेटवार्ता

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका नवनिर्वाचित मेयर बाेलेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बालेनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

देउवाले बालेनलाई ५ वर्से कार्यकाल सफल पार्न सघाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ,’ देउवाको भनाइ उद्धृत गर्दै ‘रुटिन अफ नेपाल बन्द’ ले लेखेको छ, ‘मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ ।’

प्रधानमन्त्री देउवाले महानगर प्रमुख शाहलाई फोहोर व्यवस्थापनका लागि केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुने पनि आश्वासन दिएका छन् ।

त्यस्तै भेटमा प्रधानमन्त्री देउवाले अगाडि भने, ‘कार्यपालिकामा नि कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुनेछ । फोहोर व्यवस्थापनका लागि जे–जे उपाय छ लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =