बजेट राम्राे छ, कार्यान्वयनमा ध्यान दिउँ : सांसद गुरुङ
२०७९ जेठ १८ गते

काठमाडाैँ । सांसद देवप्रसाद गुरुङले बजेट समर्थनयाेग्य रहेकाे बताएका छन् । बुधबार संसद्मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘बजेट राम्राे आएकाे छ, यसलाई सबैले स्वीकार्नुपर्छ,’ उनले भनेका छन् ।
बजेट राम्राे भएपनि यसकाे कार्यान्वयनमा भने सरकारले विशेष ध्यान दिनुपर्ने गुरुङकाे भनाइ छ । ‘याे बजेट कार्यान्वयन भयाे भने मुलुकले साँच्चै समृद्ध प्राप्त गर्छ,’ उनले भनेका छन्, ‘यसकाे कार्यान्वयनमा सबैले ध्यान दिउँ । सदा बजेट अनुत्पादक क्षेत्रमा लगानी हुँदै आएकाे छ । अब यसाे हुनु हुँदैन ।’
२०७९ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








