संसदीय चुनावबारे गठबन्धनमा छलफल, कात्तिक २७ वा मंसिर ४ उपयुक्त भएकाे ठम्याइ

काठमाडाैँ । संसदीय चुनावबारे सत्तारुढ पाँचदलीय गठबन्धनमा छलफल शुरू भएकाे छ । शीर्ष नेताहरूबीचकाे भेटमा सामान्यतया: छलफल भइरहे पनि साेमबार बसेकाे बैठकमा भने औपचारिकरूपमै छलफल भएकाे हाे । साेमबार गठबन्धनले स्थानीय तह सदस्य निर्वाचन समग्रमा सफल नै भएकाे निष्कर्ष निकाल्दै ‘प्रदेश र स्थानीयस्तरमा गठबन्धन कायम राख्न’ निर्देनश दिएकाे थियाे । साेही बैठकमा संसदीय निर्वाचनबारे पनि छलफल भएकाे थियाे । बैठकमा सहभागी एक नेताकाअनुसार कात्तिक २७ वा मंसिर ४ मा पार्नेगरी छलफल भएकाे हाे । ‘गठबन्धनकाे बैठकमा स्वाभाविकरूपमा संसदीय निर्वाचनबारे छलफल हुने नै भयाे,’ उनले भने, ‘नेताहरूले कात्तिक २७ वा मंसिर ४ मा पर्‍याे भने राम्राे हुन्छ भन्नेबारे छलफल भएकाे थियाे ।’

यसअघि २०७४ मंसिरमै संसदीय चुनाव भएकाे थियाे । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियाे । निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम ढिलो दिएका कारण सांसदहरूले फागुन २० गतेदेखि कार्य प्रारम्भ गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =