तारा दुर्घटनामा ज्यान गुमाएकाहरूकाे शव एकैपटक आफन्तलाई बुझाउने तयारी
२०७९ जेठ १८ गते

फाइल
काठमाडाैँ । आइतबार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकाे शव एकैपटक आफन्तलाई बुझाइने भएकाे छ ।
मंगलवार दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाकाे शव संकलन गरी मंगलवार काठमाडाैँ ल्याइएकाे थियाे ।
अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शवहरूकाे पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने अस्पताल स्राेतले बतायाे ।
२०७९ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








