किसान पेन्सन हावादारी कार्यक्रम हो : नेता त्रिपाठी

काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसान पेन्सन कार्यक्रम हावादारी भएकाे बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको उल्लेख गरेका हुन् ।

‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ?’ उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ? अर्थमन्त्रालयले कसले भनेर राख्दियो ?’

नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *