प्रचण्डकाे बुझाइ- ‘जनताले माओवादीलाई पहिलाे शक्ति बनाउन चाहेका छैनन्’

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताले माओवादीलाई पहिलाे शक्ति बनाउन नचाहेकाे बताएका छन् । बुधबार शुरू भएकाे पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई २ दिने अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिँदै उनले यस्ताे बताएका हुन् । ‘जनताले हामीलाई पहिलाे शक्ति बनाउन चाहेका छैनन् । हामीलाई तेस्राे शक्ति त बनाएकै छन् । यसाे हेर्दाखेरी जनताले माओवादी सुध्रिओस् भनेर भनेका छन्, त्याे आशा गरेका छन्,’ उनले भने, ‘हामीलाई पहिलाे शक्ति बनाएका पनि हुन् जनताले । तर केही गर्न सकिएन हाेला । त्यसपछि हामीलाई अहिले जनताले पहिलाे शक्ति बनाउन चाहेका छैनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *