बजेट आसन्न निर्वाचनलाई केन्द्रमा राखेर ल्याइयाे : लिङ्देन

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा] का अध्यक्षसमेत रहेका सांसद राजेन्द्रप्रसाद लिङ्देनले आव २०७९/८० काे बजेट आसन्न निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएकाे बताएका छन् । बुधबार संसद्‌मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘याे बजेट सिर्फ ललीपपकाे रूपमा मात्रै आएकाे छ,’ उनले भनेका छन्, ‘चुनावकाे लागि खर्च जुटाउनेगरी बजेट आएकाे छ । बजेटले चुनावलाई केन्द्रमा राखेर ल्याइएकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *