काठमाडौँमा कुटपिट गरी युवकको हत्या, दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा कुटपिटका कारण घाइते भएका एक युवकको मृत्यु भएको छ। घाइते युवकको मृत्यु भएसँगै प्रहरीले कुटपिटमा संलग्न दुईजना युवकलाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका–८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले कीर्तिपुर बस्ने २ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन रहेका छन्। सोही नगरपालिका–३ ढाल्पास्थित सडकमा उनीहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरुणको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ दोषीको पक्राउका लागि प्रहरी परिचालन भएको हो।

प्रहरीले मृतकको झोलाबाट डाइजापाम ३१ एम्पुल, फेनारगन ६४ एम्पुल र नुरफिन ७२ एम्पुल नाम गरेका नियन्त्रित लागूऔषध समेत बरामद गरेको छ। प्रहरीले घटनामाथि थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *