वाई वाई ग्लोकल टिन हिरोकोका लागि खुल्यो आवेदन

काठमाडाैँ । वाई वाई ग्लोकल टीन हीरो नेपालको आठौं संस्करणका लागि आवेदन खुलेको छ । सेप्टेम्बर १, २०२२ मा वाई वाई ग्लोकल टिन हिरो नेपाल आयोजना गरिने भएको छ ।

आयोजकका अनुसार शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सञ्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र विभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ । यस वर्ष आवेदन खोल्ने पहिलो चरणदेखि ग्लोकल टिन हिरो नेपालको घोषणा लगायतका सम्पूर्ण कार्य भौतिक रुपमा सञ्चालन हुनेछ ।

पहिलो चरणमा कुल आवेदनहरुलाई अन्तरवार्ता र दस्तावेज समीक्षाको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृस्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दूरदर्शनको मापनको लागि अन्तर्वार्ता हुनेछ र वाई वाई ग्लोकल टीन हीरो नेपाल २०२२ को विजेता घोषणा गरिने छ ।

अन्तिम स्क्रीनिङ र साक्षात्कारका लागि निर्णायक टोलीमा नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, युरोपियन युनियनका राजदूत नोना डेप्रेज, ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष सौरभ ज्योति, गोल्छा ग्रुप प्रा. लिमिटेडका अध्यक्ष शेखर गोल्छा र गोल्डस्टारको मार्केटिङ, ब्रान्ड र व्यवसाय विकास निर्देशक, विधुसी राणा, रहनेछन् ।

ग्लोकल प्रालिले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ । रणनीतिक साझेदारको रूपमा बागमती प्रदेश, भारतीय दूतावास, युरोपेली संघ र संघीय गणतन्त्र जर्मनीको दूतावास काठमाडौं, पार्टनरका रुपमा होन्डा, कोका कोला, डब्ल्यूडब्ल्यूएफ नेपाल, टोयोटा, पञ्चकन्या ग्रुप, द् ब्रिटिश कलेज, काठमाडौं वर्ल्ड स्कूल र डिश होम, इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्कस आधिकारिक होटल साझेदारको रूपमा द् सोल्टी काठमाडौं, आतिथ्य पार्टनरमा कोजी होम बीएन्डबी, सिद्धार्थ बिजनेश ग्रुप अफ हसपीटालीटी, एयरलाइन्स पार्टनरः टर्किश एयरलाइन्स, विस्तारा र यति एयरलाइन्स, शिक्षा पार्टनरमा किङ्स कलेज र विद्या संस्कार स्कूल र समर्थकमा ईसेवा, रुटिन अफ नेपाल बन्द, क्विक्स र भ्यू योर चोइस रहेका छन् ।

वाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । यस उपाधिको माध्यमबाट किशोरकिशोरीहरुमा उद्यमशील सोच बिकास एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गरिनेछ। नेपालबाट सन् २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो ।

हालसम्म नेपालका सात किशोर किशोरीहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो इन्डियाबाट तीन र श्रीलंकाबाट दुई जना सम्मनित भएका छन् । साथै, २० अण्डर २० छनोट गरेर हालसम्म १४० जनालाई सम्मानित गरिएको छ । ग्लोकल टिन हिरो लाई दक्षिण एसियली राष्ट्रबीच प्रचार गर्ने लक्ष्य ग्लोकलल लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *