पूर्वअर्थमन्त्री पाण्डेकाे टिप्पणी- बजेटले जनतालाई ढाँट्याे, चुनावकेन्द्रित मात्रै भयाे

काठमाडाैँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आव २०७९/८० काे बजेटले मुलुककाे हालकाे समस्यामा प्रवेश नै नगरेकाे बताएका छन् । बुधबार संसद्‌मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘याे बजेटले मुलुककाे हालकाे समस्यालाई सम्बाेधन नै गरेन, प्रवेश नै गरेन,’ उनले भने, ‘बजेटमा चित्त बुझाउने केही छैन ।’

उनले बजेटले जनतालाई ढाँटेकाे बताएका छन् । ‘याे बजेटले जनतालाई मात्रै ढाँटेकाे छ । कल्पना मात्रै गरेकाे छ । चुनावकेन्द्रित बजेटले जनतालाई ढाँट्छ मात्रै ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *