वृद्धभत्ता जे गरेपनि एमालेकाे ‘ब्रान्ड’ हुन्छ : पाण्डे

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले वृद्धभत्ता जुन सरकारले जे गरेपनि त्याे एमालेकाे ‘ब्रान्ड’ हुने बताएका छन् । बुधबार संसद्‌मा भएकाे बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । ‘याे बजेटबाट वृद्धभत्ता ६८ वर्षमा झारिएकाे छ,’ उनले भने, ‘वृद्धभत्ता जुन सरकारले जे गरेपनि त्याे एमालेकाे ब्रान्ड हुन्छ । तपाईं ६८ मा झार्नुस् वा ५८ मै झार्नुस् । मान्छेले एमालेलाई नै ताली ठाेक्छन् ।’

उनले जनयुद्ध एमाले-कांग्रेसकाे ब्रान्ड नभएजस्तै वृद्धभत्तामा अन्य पार्टीकाे हुति नपुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *