राजीनामापछि रवीन्द्रले भने- ‘अब म खुइलिएँ’
२०७९ जेठ १८ गते

काठमाडाैँ । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफू राजनीतिकरूपमा खुलिइएकाे बताएका छन् । पार्टीकाे अध्यक्ष पदबाट राजीनामा दिएकाे साता दिनपछि आफ्नाे आधिकारिक फेसबूकमा लेख्दै उनले यस्ताे बताएका हुन् । उनले ‘अमित्रहरूमा समर्पित’ भन्दै लेखेकाे स्टाटसमा भनेका छन्, ‘अब म खुइलिएँ । तपाईं(हरू)को राजनीतिक अभिष्ट पूरा हाेस् ।’
उनले थप लेखेक छन्, ‘यो देश हाम्रै जीवनकालमा रुपान्तरण होस् । तपाईंहरूलाई लाई शुभकामना छ ।’ उनले कतिपयले आफूलाई भेटमै ‘तपाईंलाई नखुइल्याइ त मेरो/हाम्रो राजनीतिक अभिष्ट नै पूरा हुँदैन नि !’ भनेर भनेकाे बताएका छन् ।
उनले गत ११ गते अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
२०७९ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








