असोजमा महाधिवेशन गर्दै विप्लव नेतृत्वको नेकपा

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ । सो पार्टीको उदयपुरमा सम्पन्न केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्य ओम पुनकाअनुसार असोज १ मा महाधिवेशन गर्ने निर्णय पारित भएकाे छ ।

नेता धर्मेन्द्र बाँस्ताेला, हेमन्तप्रकाश वलीलगायतले पार्टी विभाजन गरेर नेकपा बहुमत बनाएका छन् । यसपछि पार्टीले तत्कालै महाधिवेशन गर्ने भएकाे हाे । जेठ १२ देखि १७ गतेसम्म चलेको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

यस्तै बैठकमा पार्टीको आगामी रणनीतिका विषयमा पनि गम्भीर छलफल भएको बताइएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =