अब हेलिकोप्टरमा पनि दुईजना पाइलट अनिवार्य गरिँदै
२०७९ जेठ १८ गते

फाइल तस्बिर
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले साना हेलिकोप्टर उडानमा समेत दुईजना पाइलट अनिवार्य गर्ने भएको छ । प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले सानाठूला सबै हेलिकोप्टर उडानमा दुईजना पाइलट राख्ने निर्णय भएको बताएका छन् ।
कुन अवस्थामा साना हेलिकोप्टरमा दुईजना पाइलट नराखे पनि हुने भन्ने विषयमा अध्ययन गरी मापदण्ड तयार गर्न समिति बनाउने निर्णय गरेको उनले बताएका छन् । हेलिकोप्टर उडानको सुरक्षालाई ध्यान दिँदै साना हेलिकोप्टर उडानमा पनि दुईजना पाइलट राख्ने विषय ल्याइएको उनले बताए ।
प्राधिकरणले सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठ संयोजकत्वमा कस्तो अवस्थामा दुईजना पाइलट नभए पनि हुने भन्ने विषयमा अध्ययन गर्न ५ सदस्यीय समिति गठन गरेको जनाएको छ । अहिले एमआई १७ (ठूला हेलिकोप्टर) उडानमा दुईजना नै पाइलट रहन्छन् ।

२०७९ जेठ १८ गते
प्रतिक्रिया
सम्बन्धित








