नेपालमा यो वर्ष कहिले सुरु हुन्छ मनसुन ?

काठमाडौँ । अहिले प्रदेश १ र मधेस प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले नेपालको मौसम बदली भएको हो ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ । राती प्रदेश १, मधेस प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साताबाट सुरु हुन्छ तर, हरेक वर्ष यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन । यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्छ । यो वर्ष कहिलेबाट सुरु हुन्छ मनसुन ? मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, ‘हामी अहिले मौसमी प्रणालीको अध्ययन गरिहरेका छौँ । अहिले नै मनसुन भित्रिएको छैन । केही दिन लाग्नसक्छ ।’

सामान्यतः भारतको केरलामा मनसुन सुरु भएको सातदेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ । ‘केरलामा मनसुन सुरु भइसकेको छ । अब नेपालमा कति समयमा आउँछ, त्यो हामी अध्ययन गरिरहेका छौँ,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =